
२६ असोज, काठमाडौं। बंगलादेशको एउटा गाईले मृत्युपछि गिनिज बुकमा नाम लेखाएको छ । जम्मा २० इन्च अग्लो उक्त गाई अहिलेसम्मकै सबैभन्दा सानो गाईको रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा दर्ज भएको हो ।
भुटानी नश्लको उक्त गाईको नाम रानी हो। बंगलादेशको राजधानी ढाकास्थित काजी सुफियान नामका किसानले पालेको उक्त गाइको सरीरको तौल जम्मा २६ केजी थियो।
गत अगष्ट १९ मा अत्यधिक गर्मी तथा पेटमा ग्यास जम्मा भएर फुलिएका कारण २ वर्षीय रानी गाईको मृत्यु भएको हो। सेप्टेम्बर २९ मा गिनिज बुकले रानी गाईको नाम विश्वमा अहिलेसम्मकै सबैभन्दा सानो गाईको रुपमा दर्ज गरेको छ।
गत जुलाई महिनामा इन्टरनेटमा उक्त गाईको तस्वीर तथा भिडियो भाइरल बनेसँगै रानीलाई विश्वको सबैभन्दा सानो गाईको रुपमा मिडियाहरुमा व्यापक प्रचार गरिएको थियो ।
त्यसपछि उक्त गाइलाई गिनिज बुकमा नाम लेखाउनका लागि आवश्यक प्रक्रिया सुरु गरिएको थियो । गाईको बारेमा समाचार सार्वजनिक भएसँगै काजी सुफियानको गाई फार्ममा रानीलाई हेर्नका लागि हजारौँ मानिस पुगेका थिए ।
रानीको मृत्युपछि हाल विश्वको सबैभन्दा सानो जिवित गाईको किर्तिमान भारतको केरालामा रहेको २४ इन्च अग्लो गाईको नाममा छ । उक्त गाईको नाम मनिक्यम हो ।
एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4