+
+

गोरखामा जीप दुर्घटना, १४ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २६ गते १७:२६

२६ असोज, गोरखा । गोरखाको गण्डकी गाउँपालिका–८ मलेवाओढारमा मंगलवार बलेरो जीप दुर्घटना हुदाँ चालकसहित १४ यात्रु घाइते भएका छन् ।

बेनिघाटबाट माझीटार तर्फ जादै गरेको बा २० च ४४०० नम्वरको जिप अनियन्त्रित भइ सडकबाट अम्दाजी ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागी धादिङको मलेखु स्थित राजमार्ग सामुदायिक अस्पतालमा लगिएको छ ।

सात जनालाई थप उपचारका लागी चितवन मेडिकल कलेज भरतपुर लगिएको डिएसपी प्रकाश दाहालले बताए । घाइते मध्ये तीन जनाको अवस्था गम्भिर रहेको बताइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?