+
+

ग्यास बुलेटभित्र फेला पर्यो १२० किलो गाँजा

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २८ गते ९:२६

२८ असोज, काठमाडौं । पर्साको वीरगञ्जस्थित आइसिपी गेटमा ग्यास बुलेटमा १२० किलो लागुऔषध गाँजा फेला परेको छ ।

एलपी ग्यास बोक्ने भारतीय नम्बरको बुलेटमा बुधबार दिउँसो चार बजेतिर गाँजा फेला परेको हो । वीरगञ्ज महानगरपालिका–२५स्थित आइसिपी गेटमा शंकास्पद अवस्थामा रोकिएको ग्यास बुलेटलाई जाँच गर्दा चालक बस्ने क्याबिनभित्र लुकाएर राखिएको १२० किलो गाँजा फेला परेको प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले जानकारी दिए ।

ग्यास बुलेट र सो गाँजा नियन्त्रणमा लिई लागुऔषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको कार्कीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?