+
+

दशैंमा रोलिङ बजार : नेपाली उत्पादनको प्रर्वद्धन

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २८ गते १३:१८

२७ असोज, काठमाडौं । दशैं लागेसँगै काठमाडौं उपत्यका सुनसान छ । अष्ठमकिो दिन मासु पसलहरुमा भने राम्रै भीड छ । तरकारी बजारहरुमा भने व्यापारीहरु ग्राहकको पर्खाईमा छन् । सुनसान कुपण्डोल सडकको छेउँमा रहेको रोलिङ बजारमा पनि यस्तै अवस्था छ । ग्राहकहरु फाट्टफुट्ट आउँछन् ।

रोलिङ बजार सञ्चालनमा आएको तीन महिनामात्रै भएको छ । यस बजारमा फलफूल, तरकारी, घिउँदेखि स्वदेशी घरेलु उद्योगहरुमा उत्पादन भएका झोला र रुपमालहरुसम्म उपलब्ध छन् ।

‘अरु बजार भन्दा हामी अलि फरक छौं, यहाँ उपलब्ध हुने तरकारीहरु हुन या सबै स्वदेशी उद्यमीहरुले उत्पादन गरेका वस्तुहरु छन्’ सञ्चालक अनुप जंगम भन्छन्, ‘दशैंको बेलामात्रै होइन हामी सधैं बाहिरबाट आयात भएको होइन, यहीँ उत्पादन भएका फलफुल तरकारीहरुमात्रै राख्नेछौं ।’

सचालक अनुपका अनुसार ३ वर्ष अद्धि रोजगार र उद्यमशलिता प्रवद्र्धन गर्ने उद्देश्यले रोलिङ नेक्सस कम्पनीको स्थापना गरिएको थियो । यहीँ सोच अनुसार केही समय पहलिा नै ई–कमर्शमा रोलिङ नेक्ससले हात हालेको थियो । रोलिङ बजारबाट अनलाइन किनमेल गर्न सकिने सुविधा थियो ।

अनलाइन बजारलाई थप विस्वासिलो बनाउन पनि आउटलेट आवश्यकता देखिएकाले आउलेट सञ्चालनमा ल्याइएको सचालक अनुप बताउँछन् ।

ललितपुरको कुपन्डोल महादेवस्थामा सञ्चालनमा आएको यस बजारमा दैनिक उपभोग्य सामानहरु उपलब्ध छन् । विषादीरहित ताजा तरकारी, लोकल फलफूल, विभिन्न ठाउँको लोकल चामल, दाल, मसला, तेल, मकैको च्याँख्ला, सातु र घरेलु महिला, अपाङ्ग र स्वदेश फिर्ती उद्यमीहरुद्वारा बनाइएको कला र शिल्पका बस्तुहरु, लत्ता पडाहरु अनि अन्य थुप्रै स्वदेशी उत्पादनहरु राखिएका छन् ।

‘देशमै रोजगारी सिर्जना गर्ने, नेपाली उत्पादनहरुको उचित बजार व्यवस्थापन गर्न मद्दत गर्ने, इच्छुकहरुका लागि सिपमुलक तालिम प्रदान गर्ने, आफ्नै देशमा बसी व्यापार व्यवसाय गर्न प्रेरित गर्ने हाम्रो उद्देश्य हो’ उनले भने, ‘आयात घटाई निर्यात बढाउन प्रयत्न गर्ने, देशभित्र मात्र नभई विदेशमा पनि नेपाली उत्पादनहरु बिक्रीवितरण सहज बनाउन मद्दत गर्ने अनि माग वृद्धि गराई लोकप्रियता बढाउन विभिन्न प्रदर्शनीका कार्यक्रम सञ्चालन गर्ने जस्ता लक्ष्य लिई रोलिङ्ग बजारले आफ्ना कामहरु गर्दै आइरहेको छ ।’

रोलिङ बजारमा नेपालमै बनाइएको तथा तयार पारिएको सम्पूर्ण स्वदेशी उत्पादनहरु पाउन सकिने उनले बताए ।

पनौतीमा आफ्नै फार्म

किसान तथा घरेलु उद्यमीहरुको मात्रै बिक्री गर्ने होइन रोलिङले आफ्नै तरकारी खेति समेत शुर गरेको छ । काभ्रेको पनौतीमा ३० रोपनी क्षेत्रफलमा अहिले आफ्नै फार्म शुरु गरेको सञ्चालक अनुपले बताए ।

अहिले रोलिङ बजारमा नुवाकोटको पोखरेली, मेलम्चीको बासमती, भकुन्डेको ताईचिन, पोखराको जेठो बुढो चामल, महोत्तरीको काला नमक, मार्सी जस्ता लोकल विभिन्न ठाउँको प्रसिद्ध चामलहरु, जुम्लाको स्याउ, हेटौँडाको तोरीको तेल, रुधिलो मह, जुम्लाको सिमी दाल, सिन्धुलीको दाल लगायत थुप्रै ठाउँको दालहरु, सिन्धुलीको जुनारको सर्बत, खोकनाको तेल, साँखुको आलु, जाजरकोटको भिर मौरीको मह, जुम्लाको स्याउ, ताजा फलफुल तथा तरकारीहरू, घरमै बनाईएको नेपाली गाजरको हलुवा अनि चिनीरहित खुवा आदि इत्यादी सम्पूर्ण लोकल खाद्य उत्पादनहरु सुपथ मुल्यमा पाउन सकिनेछ ।

यसबाहेक हातले बुनेका ऊनको लुगाहरु, खेलौना, कला अनि चित्रहरु, नेपालमै बनेका कपडा, जुत्ता, इलेक्ट्रोनिकका सामानहरु जस्ता थुप्रै वस्तुहरु पाउन सकिनेछ । रोलिङ्ग बजारमा विशेष गरी महिला, अपाङ्ग वर्ग अनि स्वदेश फर्किएका उद्यमीहरु आबद्ध छन् ।

यो बजारमा महिला समूह र आबद्ध महिला उद्यमीहरू, विदेशबाट फर्किएका उद्यमीहरू र केही कृषि फर्महरु जोडिएका कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?