
२८ असोज, काठमाडौं । सर्वोच्च अदालतले बाँकेकी रुबी खानलाई रिहा गर्न आदेश दिएको छ । साथै रिहा भएपछि पुनः धरपकड नगर्न पनि भनेको छ ।
दुई हिंसाका घटनामा प्रहरीले प्रभावकारी अनुसन्धान नगरेको भन्दै दबाव दिन रुबी सहितको टोली नेपालगञ्जबाट हिँडेर काठमाडौं आइपुगेको थियो । तर रुबीलाई प्रहरीले पक्राउ गरी नेपालगञ्ज पु¥यायो र बनिबनाउ फर्जी आरोप लगायो ।
त्यसविरुद्ध परेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले बिहीबार रुबीलाई रिहा गरी सर्वोच्चका सहरजिष्टारको जिम्मा लगाउन आदेश दिएको छ । साथै उनलाई पुनः धरपकड नगर्न पनि भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4