+
+

प्रधानमन्त्री देउवाले गुरुको हातबाट लगाए टीका

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २९ गते १३:२५
दशैंको टीका लगाइसकेपछि परिवारसँग प्रधानमन्त्री शेरबहादुर देउवा।

२९ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विजयादशमीका अवसरमा गुरु टिकाराम घिमिरेबाट शुक्रबार टीका ग्रहण गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विहान १० बजेर २ मिनेटको शुभसाइतमा प्रधानमन्त्री देउवाले टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् ।

त्यस अवसरमा प्रधानमन्त्री देउवाले प्रथम महिला डा.आरजु देउवा र छोरा जयवीर देउवालाई दशैँको टीका लगाइदिए । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार कोभिड-१९ महामारीको जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड अपनाएर प्रधानमन्त्री देउवाले सीमित रुपमा परिवार, आफन्तजन तथा प्रधानमन्त्रीको सचिवालय र सुरक्षामा खटिने सुरक्षाकर्मीहरुलाई टीका लगाइदिएका थिए ।

यो पटक महामारीको जोमिखलाई मध्यनजर गर्दै प्रधानमन्त्री देउवाले सर्वसाधरणलाई टीका लगाइदिएनन्। कोभिड महामारीको जोखिमका कारण अघिल्लो वर्षझैँ यस वर्ष पनि राष्ट्रपति र प्रधानमन्त्रीबाट सर्वसाधरणलाई टीका लगाउने कार्यक्रम स्थगन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?