+
+

दशैँको टीका लगाउन गएको बेला प्रधानमन्त्री देउवाका भाइको घरमा चोरी

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २९ गते १५:५१

२९ असोज, धनगढी । दशैँको टीका लगाउन आफन्तकोमा गएका बेला प्रधानमन्त्री शेरबहादुर देउवाका भाइ भरतबहादुर देउवाको घरमा चोरी भएको छ ।

धनगढी उपमहानगरपालिका-२ सन्तोशी टोलका स्थानीय भरतबहादुर देउवाको घरमा शुक्रबार दिउँसो दशैँको टीका लगाउन आफन्तकोमा गएका बेला सुनका गरगहना र नगद चोरी भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवाका सहोदर भाइ समेत रहेका भरतबहादुरले सन्तोशी टोलमै रहेको आफन्तको घरमा टीका लगाउन गएको समयमा चोरी भएको अनलाइनखबरलाई बताए । उनले चार हजार नगदसहित करीब तीन तोला सुन र तीन तोला चाँदी चोरी भएको बताउँदै घरमा रहेको अन्य सामान भने सुरक्षित रहेको बताए ।

‘हामी ढोकामा ताल्चा लगाएर नजिकै रहेको आफन्तकोमा टीका लगाउन गएका थियौँ,’ देउवाले भने, ‘ताल्चा रडले खोलिएको छ । सबै दराज खोलेर नगदसहित तीन तोला सुन र तीन तोला चाँदी लगिएको छ ।’

घरमा चोरी भएको खबर पाउने बित्तिकै प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) विश्व अधिकारीले बताए ।

घटनाको अनुसन्धान भइरहेको बताउँदै चोरी भएको नगद र गरगहनाबारे विस्तृत विवरण प्राप्त भइनसकेको प्रहरीले जानाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?