+
+

प्रथम राष्ट्रपति डा.यादव र पूर्वराजा शाहले लगाए दशैंको टीका

रासस रासस
२०७८ असोज २९ गते १६:१६
फाइल तस्वीर

२९ असोज, काठमाडौं । सङ्घीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले गृहनगर जनकपुरधामस्थित सपही गाउँमा गुरु पुरोहितबाट बिहान १०:०२ बजेको साइतमा टीका ग्रहण गरेका छन् ।

बडादशैँ मनाउन गृहनगर पुगेका प्रथम राष्ट्रपति यादवले नेपाल र नेपालीको सुख, शान्तिको कामना गर्दै दुर्गा भवानीको पूजा आराधना पनि गरेको उनको सचिवालयले जनाएको छ ।

यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको बिहान १०:०२ को शुभ साइतमा टीका, जमरा ग्रहण गरेका छन् ।

पूर्वराजा शाहले पूर्वनायब बडा गुरु एवं समितिका पूर्व अध्यक्ष प्रा.डा. माधव भट्टराईलगायत गुरु पुरोहित र मान्यजनबाट नवदुर्गा भवानीको टीका, प्रसाद ग्रहण गरेका हुन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?