+
+

यस्तो देखियो कलाकारको दशैंको टिका (फोटो फिचरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज २९ गते १९:१७

आज नेपालीहरुको महान् पर्व दशैंको मुख्य दिन, विजयादशमी । आज आफू भन्दा ठूलाको हातबाट टिका र जमरा लगाएर आर्शिवाद लिने दिन । नेपाली चलचित्र तथा सांगीतिक क्षेत्रका कलाकर्मीहरुले पनि आजको दिन विशेष रुपमा मनाए ।

गतबर्ष कोरोनाका कारण दशैंलाई खुलेर मनाउन नपाएका धेरै कलाकर्मीले यसपटक भने विशेष रुपमा मनाएको देखियो । नायक अनमोल केसीले आफ्ना पिता भुवन केसीको हातबाट टिका र जमरा लगाए । साथै, उनले आफ्ना आफन्तको हातबाट पनि टिका लगाएका छन् ।

नायिका केकी अधिकारीले आफ्नी हजुरआमा, माता–पिताको हातबाट टिका लगाइन् । टिका लगाउँदा केकी निक्कै खुशी देखिएकी थिइन् । नायक पल शाहले पनि सामाजिक संजालमा दशैंको टिका लगाएको तस्वीर पोष्ट गरेका छन् । उनले आफ्नो आमा र बुबाको हातबाट टिका लगाएका छन् ।

अभिनेत्री ऋचा शर्माले आफ्नो विवाहपछि पहिलोपटक दशैं मनाएको जानकारी दिँदै फेसबुकमा केही तस्वीरहरु शेयर गरेकी छिन् । अभिनेत्री करिष्मा मानन्धर, रेखा थापा लगायतले पनि दशैंको टीकाको तस्वीर फेसबुकमा शेयर गरेका छन् । अन्य थुप्रै कलाकारहरुले दशैं मनाएको तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

अभिनेता दीपकराज गिरी, अभिनेत्री स्वस्तिमा खड्का, पूजा शर्मा लगायतका केही कलाकारहरुको भने यसवर्ष दशैंको टीका थिएन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?