+
+

सिरहामा इनारभित्र भेटियो युवकको शव

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३० गते ११:२८
फाइल तस्वीर

३० असोज, जनकपुरधाम । सिरहामा इनारभित्र एक युवक मृत फेला परेका छन् । जिल्लाको नरहा गाउँपालिका ३ स्थित इनारमा गोलबजार नगरपालिका ८ बस्ने २० वर्षीय शत्रुधन महतो शनिबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

महतोलाई इनारमा डुबेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरी टोलीले युवकको शव निकालेर पोष्टमार्टमका लागि पठाउने तयारी गरेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक अवधकिशोर ओझाले जानकारी दिए ।

स्थानीयका अनुसार युवक नरहामै आयोजित झिझिया नाच हेर्न शुक्रबार राति गएका थिए । नाच हेर्ने क्रममा केही युवकबीच झगडा भएको थियो ।

झगडा र महतोको मृत्युको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

‘हामीले युवक इनारमा डुबेको विषयमा अनुसन्धान शुरु गरेका छौं,’ प्रहरी निरीक्षक ओझाले भने, ‘तत्काल केही भन्ने अवस्था छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment