+
+
Shares

इनारमा खसेको बाख्रा निकाल्न पसेका युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १७ गते १३:११

१७ भदौ, जनकपुरधाम । धनुषामा इनारमा खसेको बाख्रा निकाल्न पसेका युवकको मृत्यु भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका १ का राजकुमार रौनियारका ३५ वर्षीय छोरा रामचन्द्र रौनियारको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता ओम प्रकाश खनालका अनुसार गोलघर नजिक रहेको सार्वजनिक इनारमा गत भदौ १३ गते बिहान एउटा बाख्रा खस्यो । बाख्रा निकाल्न रामचन्द्र पनि इनारमा पसेका थिए । तर, उनी एकघण्टासम्म ननिस्केपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुगेर उद्धार गर्न खोज्दा उनको भित्रै मृत्यु भइसकेको थियो ।

इनारभित्रै निसासिएर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?