+
+

भारतको नेशनल डिफेन्स कोर्षको भ्रमण दलले नेपाल भ्रमण गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३० गते १५:३६
भारतीय जलसेनाका सहायक प्रमुख धिरेन भिआइजी।

३० असोज, काठमाडौं। भारतमा सञ्‍चालित नेशनल डिफेन्स कोर्ष २०२१को भ्रमण दलले नेपाल भ्रमण गर्ने भएका छन् । धिरेन भिआइजीको नेतृत्वमा रहेको ३९ सदस्‍यीय भ्रमण दलले असोज ३१ गतेदेखि कार्तिक ६ गतेसम्‍म नेपाल भ्रमण गर्न लागेको हो ।

भ्रमण टोलीले प्रधानमन्त्री, रक्षामन्त्री, अर्थमन्त्री र परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ । टोलीले जंगी अड्‍डा भद्रकाली, मध्य कमाण्ड हेडक्वार्टर पोखरा र कमाण्ड तथा स्टाफ कलेज शिवपुरीको भ्रमण गर्ने छन् ।

विगतमा पनि मित्रराष्ट्रमा उच्चस्तरका तालिममा सहभागी शिक्षार्थीहरुले नेपालको भ्रमण गर्ने तथा नेपाली सेनामा संचालित कमाण्ड तथा स्टाफ तालिमका शिक्षार्थीहरु पनि मित्रराष्ट्रहरुको भ्रमण गर्ने परम्परा रहि आएको छ ।

छिमेकी मित्रराष्ट्रका सैनिक अधिकारीहरुको यस किसिमको भ्रमणले दुई देश बीचको सैनिक सम्बन्धलाई अझ सुमधुर एवं बृहत्तर पार्न थप मद्दत पुग्ने तथा दुई देशबीच आपसी हित र पारस्परिक सम्बन्ध समेत सुमधुर तथा प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment