
३१ असोज, बुटवल। रुपन्देहीमा देवी दुर्गाको मूर्ति बिसर्जन गर्ने क्रममा नदीमा डुबेर एकजना युवाको मृत्यु भएको छ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने कोटहीमाई गाउँपालिका–५ स्थित दानव नदी र तिनाउ नदीको संगमस्थल दुईमोहानमा डुबेर कोटहीमाई–४ का २१ वर्षीय अनिल चौधरीको मृत्यु भएको हो।
मूर्ति विसर्जन गर्न गएका युवाको शव गए राति अबेर भारतीय गोताखोरको सहयोगमा फेला परेको हो । सशस्त्र प्रहरी र नेपाल प्रहरीले शव फेला पार्न नसकेपछि भारतीय गोताखोरको सहयोग लिइएको थियो।
शवको भैरहवा भिम अस्पतलामा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उक्त स्थानमा मूर्ति विसर्जनका क्रममा गत वर्ष पनि एक युवाको डुबेर मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4