+
+

‘सुन प्रिय’मा उषाको साथमा आशिष

अनलाइनखबर अनलाइनखबर
२०७८ असोज ३१ गते १६:०३

गायक सन्जिब पुडासैनी र गायिका मेलिना राईको स्वरमा रहेको सुन प्रिय बोलको गीतको भिडियो सार्वजनिक भएको छ । वैँशालु उमेरमा जाने र नजानेर प्रेममा पर्नेहरुको कथामा पछिल्लो पुस्ताकी लोकप्रिय मोडल उषा उप्रेतीका साथमा आशिष पाण्डे, बिनु गुरुङ र नवराज बस्नेतले अभिनय गरेका छन् ।

रुमु न्यौपाने र अमृत भुजेलको शब्द शृजना रहेको सुन प्रियमा गायक सन्जिव स्वयमकै संगीत सृजना रहेको छ ।

सोबित मगर र प्रिन्स राईको कोरियोग्राफी रहेको गीतको छायांकन र सम्पादन र निर्देशन पनि फराज अर्पणले गरेका हुन् । भिडियोको सह निर्देशन विशाल थापाले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?