+
+

चिङ सी : जो नगरबधूबाट कुख्यात समुद्री डाँकु बनिन्

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १ गते १२:४४

राजा, महाराजाहरूले एक भूगोलबाट अर्को भूगोलका आक्रमण गरी विजयप्राप्त गरेका घटना हामीले सुन्दै आएका छौं । त्यतिबेला सामान्य मानिसले आफ्नो क्षेत्रभन्दा बाहिर गएर शक्ति आर्जन गर्न सम्भव थिएन । अधिकांश ठाउँमा राजा, रजौटा वा सैनिक अधिकारीहरूको बोलवाला हुन्थ्यो ।

तर दुई सय वर्ष पहिले चीनकी एक महिलाले समुद्री डाँकूहरूको नेतृत्व गरी  विशाल फौज तयार पारेको पाइएको छ । उनको साथमा १८ सयभन्दा बढी जहाज र हजारौं डाँकु र कामदार भएको इतिहास छ ।

यी समुद्री डाँकु (पाइरेट) महिला सी यैंग तथा चिङ सी नामबाट कुख्यात थिइन् । हत्या, हिंसा, लुटपाट गरेर कुख्यात बनेकी चिङ सीले आफूले कब्जामा लिएका मानिससको बर्बरतापूर्वक हत्या गर्थिन् ।

चिङ सीको जन्म सन् १९७५ मा सिनहुई इलाकाको ग्वाङडोङमा भएको थियो । यद्यपि इतिहासमा उनको जन्म र परिवारबारे धेरै तथ्य पाइँदैन ।

त्यतिबेला समुद्री इलाकामा व्यापार गर्ने, जहाज चलाउने र मालसामान ओसारपसारको काम पुरुषहरूले मात्र गर्दथे । अधिकांश बन्दरगाह तथा समुद्री किनारमा वेश्यावृत्ति पनि खुलेआम सञ्चालन हुन्थ्यो ।

प्राप्त जानकारीअअनुसार चिङ सी ६ वर्षकै उमेरमा वेश्यावृत्तिमा संलग्न हुन बाध्य भएकी थिइन् । यही काम गर्ने क्रममा सन् १८०१ ताका उनको झेंग यी नाम गरेका एक धनी समुद्री डाँकुसँग विवाह भयो । त्यतिबेला उनले श्रीमान्सँग आधा सम्पत्ति आफ्नो हुने सम्झौता गरेकी थिइन् ।

श्रीमान् युद्धमा होमिएसँगै चिङ सीले पनि सबै समुद्री डाँकुहरूलाई एकजुट गर्नतिर लागिन् । दर्जनौं डाँकुहरूका नेतासँग उनी सम्बन्धमा रहिन् । देहव्यपार गर्ने क्रममा उनले आफ्ना सम्बन्धलाई व्यापारिक तथा एकीकृत बनाउन प्रयास गरिन् ।

१९ औं शताब्दीको सुरूवातमा नै उनका पति झेंग यी एक मजबूत समुद्री डाँकु बनिसकेका थिए । झेंग यीले सत्तरी हजारभन्दा बढी डाँकु, जहाज, चालक र १२ सयको संख्यामा जहाज अधीनमा लिएका थिए । उनको यो तागतपछाडि श्रीमति चिङको महत्त्वपूर्ण हात थियो ।

शक्तिशाली डाँकू-नेता भएर पनि चिङ सी महिलाहरूप्रति दयालु थिइन् । समुद्री तटमा कोही महिलामाथि कसैले दुव्र्यवहार गर्यो भने उनी त्यसको कान काटिदिन्थिन् र नाङ्गो बनाएर नगर घुमाउन आदेश दिन्थिन् ।

लुटेका मालसमान एकीकृत गरी भण्डार गर्ने र आवश्यकताअनुसार खटन गर्ने नियम उनैले बनाएकी थिइन् । कब्जामा लिएका महिला तथा बालबालिकाको सूची तयार पारेर तिनलाई घरेलु काममा मात्र लगाउँथिन् । उनले बनाएका नियम सबै डाँकुहरूले अनिवार्य पालन गर्नैपथ्र्यो नत्र तिनले निकै दर्दनाक सजाय भोग्नुपथ्र्यो ।

अधिकांश समय युद्धमै बिताएका चिङ सी र झेंग दम्पत्तिले  चीनका सम्राटको अधीनमा रहेका युद्धपोतमा समेत हमला गरेका थिए । यसबाहेक अन्य स–साना राज्यका मालसमान तथा हतियार कब्जा गर्दै उनीहरूले विशाल संगठन तयार पारेका थिए । उक्त संगठनको नेतृत्व चिङ सीले नै गर्थे ।

शक्तिशाली डाँकु महिला भइकन पनि ४२ वर्षकै उमेरमा चिङ सीको निधन भयो । उनको निधन कसरी भयो भन्नेबारे इतिहासकारको मत बाझिएको छ । कति इतिहासकारले सन्तान जन्माउने क्रममा उनको मृत्यु भएको बताएका छन् भने कतिले युद्धकै दौरान मारिएको बताउँदै आएका छन् ।

बिबिसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?