+
+

गुल्मीको डहरे खोलाले जीप बगायो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १ गते १६:३५
फाइल तस्वीर

१ कात्तिक, गुल्मी । गुल्मीमा अबिर वर्षासँगै आएको बढिमा खोला तर्ने क्रममा जीप बगाएको छ ।

जिल्लाको सत्यवति गाउँपालिका वडानम्बर–६ डहरे खोला तर्ने क्रममा बुटवलबाट वामी तर्फ आउँदै गरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जीप बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

जीप बगाएको खबर प्राप्त हुनसाथ प्रहरी नायव निरिक्षक लक्ष्मण बिकको कमाण्डमा ५ जनाको टोली खटिएका प्रहरीले जनाएको छ । खोलाले बगाएको जीप खोजी कार्य जारी रहेको छ ।

जीप बगाएपनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । जिल्लामा गए रातीबाट निरन्तर वर्षा भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?