+
+

कैलालीमा नदीमा बगेर एकजना बेपत्ता

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक १ गते १७:०६

१ कात्तिक, धनगढी । कैलालीमा नदीले बगाउँदा एकजना बेपत्ता भएका छन् ।

सोमबार दिउँसो खुटिया नदीको छेउमा ढुङ्गागिटी लोड गरिरहेको अवस्थामा एक्कासी आएको बाढीले गोदावरी नगरपालिका-८ का ३० वर्षीय गणेश आउजी बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

ट्रयाक्टर चालक समेत रहेका उनको खोजी कार्य भइरहेको छ । उनको खोजीका लागि गोताखोर सहितको टोली खटाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीले आइतबार रातिदेखि सुदूरपश्चिमका पहाडी र चुरे क्षेत्रमा वर्षा भइरहेकाले तराइमा नदी खोलामा पानीको सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?