
२ कात्तिक, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
स्वास्थ्यमा समस्या देखिएपछि आइतबार भर्ना भएका वैद्यको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री खाँण आज बिहान थापाथलीस्थित नर्भिक अस्पताल पुगेका थिए । उनले अस्पतालमा वैद्यलाई भेटेर नेपाल सरकारका तर्फबाट शीघ्र स्वास्थ्य लाभको कामना गरेको उनको सचिवालयले जनाएको छ ।
खाणले उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनसँग पनि वैद्यको स्वास्थ्यबारे जानकारी लिएका थिए । वैद्यको स्वास्थ्यमा सुधार भइरहेको जानकारी आफूलाई उपचारमा संलग्न चिकित्सक र अस्पताल प्रशासनले दिएको मन्त्री खाँणले बताए ।
लामो समयदेखि दमको समस्याबाट पीडित वैद्य आइतबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4