+
+

उपराष्ट्रपति पुनले भेटे मोहन वैद्यलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २ गते ११:२२
Photo Credit : Norvic Hospital

२ कात्तिक, काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले आफ्नो राजनीतिक गुरु एवम् क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण)लाई अस्पतालमै पुगेर भेटेका छन् ।

दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा भर्ना भई उपचाररत वैद्यलाई भेट्न उपराष्ट्रपति पुन बिहान साढे आठ बजे नर्भिक अस्पताल पुगेका थिए ।

उनले अस्पतालमा रहेका नेता वैद्यसँग स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका थिए । अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले नेता वैद्यको स्वास्थ्य अवस्थाको विषयमा उपराष्ट्रपतिलाई जानकारी गराएका थिए । सो क्रममा उपराष्ट्रपति पुनले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका थिए ।

उनी नर्भिक अस्पतालमा करिब १० मिनेट बसेका थिए । उपराष्ट्रपति निस्किएपछि संघीय सरकारका गृहमन्त्री बालकृष्ण खाँण वैद्यलाई भेट्न नर्भिक अस्पतालमा पुगेका थिए ।

आइतबार बिहान नर्भिक भर्ना भएका वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?