+
+

सुदूरपश्चिमका मुख्‍यमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २ गते १६:५४

२ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रेदशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

अविरल वर्षासँगै प्रदेशका विभिन्न ठाउँमा आएको बाढी, पहिरो तथा उद्दार र राहतका विषयमा छलफल गर्न मुख्यमन्त्री भट्टले आकस्मिक बैठक बोलाएका हुन् । आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशीले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बैठक बसिरहेको जानकारी दिइन् ।

सुदूरपश्चिम प्रदेशमा आइतरबार साँझदेखि परेको वर्षापछि आएको बाढी र पहिरोले विभिन्न स्थानमा क्षति गरेको छ । हालसम्म डोटी र डडेल्धुरामा पहिरोका कारण तीन जनाको मृत्युु बेपत्ता भएका छन् भने दुई जना घाइते छन् ।

कैलालीमा बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन् । कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा गरेर झण्डै तीन सय घर डुबानमा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?