+
+

भालुबाङमा खुल्यो मुख्यमन्त्रीको सम्पर्क कार्यालय

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २ गते १९:५०

२ कात्तिक, बुटवल । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङमा मुुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

प्रदेशको स्थायी राजधानी टुंगो लागेको एक वर्षपछि भालुबाङमा मुख्यमन्त्रीको सम्पर्क कार्यालय स्थापना भएको हो । कार्यालयको मुख्यमन्त्री कुलप्रसाद केसीले मंगलबार उद्घाटन गरे ।

सम्पर्क कार्यालयमा मुख्यमन्त्री कुलप्रसाद केसी रुपन्देहीबाट हरेक हप्ताको शुक्रबार जाने छन् भने मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार र जनसम्पर्क सल्लाहकार नियमित बस्ने छन् ।

प्रदेशको स्थायी राजधानी रहेको भालुबाङ क्षेत्रमा हाल पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय स्थापना गरिएको छ । तिहारपछि आर्थिक मामिला तथा शहकारी मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय पनि दाङ सार्ने तयारी सरकारले गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?