+
+

नेपालमा एटीएम भित्र्याउने एससीटीको क्यूआर शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते ८:५७

३ कात्तिक, काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजी (एससीटी) को क्यूआर पेमेन्ट शुरु भएको छ । डिजिटल बैंकिङका लागि ज्युँदो इतिहासको रुपमा रहेको एससीटीले ग्राहकहरुलाई भरपुर सुविधा दिने गरी क्यूआर पेमेन्टको शुरुवात गरेको हो ।

विभिन्न प्रकारका भुक्तानी सेवा र सुविधाको प्राप्तिमा अनलाइन भुक्तानीलाई अझ आधुनिक, सहज र एकीकृत गर्न सक्ने गरी यस किसिमको क्विक रेस्पोन्स कोड पेमेन्ट प्लेटर्फम स्मार्ट क्यूआर सञ्चालनमा ल्याएको कम्पनीले बताएको छ ।

स्मार्ट क्यूआरको सञ्चालनमा आईएमई-पे, प्रभु-पे, क्यू-पे जस्ता स्वदेशी भुक्तानी सेवा प्रदायक, ग्लोबल आईएमई बैंक र अन्तर्राष्ट्रिय संस्था युनियन-पे इन्टरनेशनलको समेत सहकार्य तथा साझेदारी छ ।

राष्ट्र बैंकले नगदरहित कारोबार प्रणालीको प्रवर्द्धन गर्ने नीति लिएको छ । राष्ट्र बैंकको यो नीतिलाई स्मार्ट क्यूआरले सहयोग पुग्ने कम्पनीको विस्वास छ । स्मार्ट क्यूआरको प्रयोगबाट ग्राहकलाई छिटो र सरल किसिमले क्यूआर कोड स्क्यान गरी विविध आवश्यकता बमोजिम सेवा र सुविधाको उपयोग गर्न सजिलो हुने विश्वास छ ।

विशेषतः यस क्विक रेस्पोन्स कोड पेमेन्ट प्लेटर्फममा आबद्घ भएका बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायक संस्थाहरूले ईएमभीको स्टान्डर्ड स्टाटिक वा डायनामिक क्यूआर कोड जेनेरेट गरी स्वदेशी तथा विदेशी क्यूआरसी पेमेन्ट सर्भिसहरूको बीचमा पनि सहजै एकीकृत कारोबार गराउन सकिने व्यवस्था गरिएको छ ।

स्मार्ट क्यूआरको सञ्चालनमा आईएमई-पे, प्रभु-पे, क्यू-पे जस्ता स्वदेशी भुक्तानी सेवा प्रदायक, ग्लोबल आईएमई बैंक र अन्तर्राष्ट्रिय संस्था युनियन-पे इन्टरनेशनलको समेत सहकार्य तथा साझेदारी रहेको हुँदा यसको बृहत्तर पहुँच छ ।

नेपालमा एटीएम सेवाको शुरुवात गर्ने नेपाली ब्राण्ड नै एससीटी हो । सन् २००१ मा सञ्चालन अनुमति पाएको यसले कारोबार आरम्भ गर्न भने दुई वर्ष लाग्यो । सन् २००३ देखि व्यवसाय शुरू गरेको एससीटीले नै हिमालयन बैंकसँगको सहकार्यमा एटीएम सेवा सञ्चालनमा ल्याएको थियो ।

भुक्तानी सेवा अपरेटर -पीएसओ)को रूपमा नेपाल केन्द्रीय बैंकबाट इजाजत लिएर कारोबार शुरू गरेका विभिन्न वाणिज्य बैंकहरू, विकास बैंकहरू, पीएसपी -भुक्तानी सेवा प्रदायक) र नेपालका अन्य वित्तीय संस्थाहरूलाई विभिन्न प्रकारका कार्डहरू र भुक्तानी प्लेटर्फम प्रदान गरिरहेको छ ।

जतिबेला यसले सेवा शुरू गर्यो, त्यसबेला कार्ड व्यवसाय गर्ने हिम्मत कमै बैंकहरूको थियो । पछि कार्ड शुरू गरेकाहरूले पनि विदेशी कार्ड चलाए । त्यही पनि एससीटीले एकपछि अर्को व्यवसाय बढाउँदै गयो ।

समय गुजि्रंदै जाँदा आवद्ध हुने बैंकहरूको संख्या थपिंदै गयो । एससीटी दिनप्रतिदिन अब्बल हुँदै गयो । नेपाली ब्राण्ड भएर एससीटीको जुन साख थियो त्यो केही वर्ष टिके पनि सदाबहार भने हुन सकेन ।

एससीटीले आˆनो सेवा र पहुँच विस्तार गर्न अन्तर्राष्ट्रिय भुक्तानी प्रोसेरहरू, चीनको युनियन पे इन्टरनेशनल, अमेरिकाको पल्स नेटवर्क र भारतको एफएसएससँग सहकार्य गरी काम गरिरहेको छ । अन्तर्राष्ट्रिय कम्पनीसँगको प्रतिस्पर्धा, समय अनुसार नयाँ प्रविधिहरू भित्राउन ढिला गर्दा कम्पनीको व्यवस्थापन कमजोर भयो । एससीटी ओझेल पर्दै गयो ।

वित्त बजारमा अन्य विदेशी कार्डहरू भित्रन थाले । विदेशी कार्डहरू जति भित्रिंदै गए एससीटी कमजोर हुँदै गयो । एक हिसाबले भन्दा एससीटीले आˆनो व्यवसायको निकै ठूलो हिस्सा गुमायो ।

समस्यामा रहेकै बेला नयाँ व्यवस्थापनले जिम्मा लिएपछि नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार चिप बेसमा आधारित कार्ड बनायो । यसले विदेशी कम्पनीहरूसँग पनि सहकार्य गरेको छ । चीनको युनियन पे इन्टरनेशनलसँगको सहकार्यमा केही वर्षअघि एससीटीले अत्याधुनिक ‘कन्ट्याक्ट लेस’ कार्डको शुरुवात समेत गरेको थियो ।

कोमा नजिक पुरेर निस्त्रिmय जस्तै बनेको एससीटी अहिले भने पुनः चम्किन थालेको छ । कम्पनीमा नयाँ व्यवस्थापन भित्रिएपछि एक किसिमको ‘चमत्कार’ नै देखिएको छ । ठूला वाणिज्य बैंक र विकास बैंक, बिजनेस हाउसहरूले लगानी भित्राएपछि नयाँ जोश र उत्साहले काम भइरहेको कम्पनीले बताएको छ ।

कम्पनीमा अहिले हिमालयन बैंक, प्रभु बैंक, ग्लोबल आईएमई बैंक जस्ता ठूला वाणिज्य बैंकका साथै सांगि्रला, कामना सेवा, एक्सेल जस्ता विकास बैंकहरू र व्यावसायिक घराना आईएमई समूह र प्रभु समूहको सेयर होल्डिङ छ ।

अहिले फोन पेले क्यूआर सुविधा दिँदै आएको छ । केही समय अघि फोन पेमा समस्या आएर कारोबार नै बन्द हुने अवस्था आयो । अब एससीटीले पनि यो सुविधा ल्याएपछि सर्वसाधारणहरुलाई थप सहज हुने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?