+
+

वडा र पालिका अधिवेशन हतारमा गर्ने पक्षमा म छैन : उपाध्‍यक्ष शाक्‍य

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते १४:३९

३ कात्तिक, काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन यही कार्तिक ६ गते देशभर एकैपटक गर्ने पार्टीको निर्देशनप्रति असन्तुष्टि जनाएकी छिन् ।

बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेकी उपाध्यक्ष शाक्यले पार्टीको वडा अधिवेशन हतारमा गरिहालौं भन्ने पक्षमा आफू नरहेको अडान समेत राखिन् ।

बुधबार काठमाडौंमा आयोजित नेकपा एमाले बागमती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै उनले वडा अधिवेशन हतारमा गरिहालौं र जोसुकै नेतृत्वमा आएपनि हुन्छ भन्ने पक्षमा आफू नरहेको बताइन् ।

नेकपा एमालेले पार्टीको वडा तथा पालिका अधिवेशन देशभर एकैदिन गर्ने गरी निर्देशन जारी गरिसकेको बेला उपाध्यक्ष शाक्यले हतारमा गर्ने पक्षमा आफू नरहेको प्रतिक्रिया दिएकी हुन् । उनले आफूले पार्टी भित्र समूहगत स्वार्थ छिराउन नचाहेको पनि पटक-पटक दोहोर्‍याइन् ।

‘अब ६ गतेदेखि वडा तहमा एकैचोटी अधिवेशन, पालिकाहरुको अधिवेशन भन्ने कुराहरु निर्देशनमा आइसकेको छ । सम्पूर्ण कमरेडहरु त्यसका लागि तयार हुनै पर्दछ । त्यतिमात्र होइन् वडा कमिटीको अधिवेशन, पालिकाको अधिवेशन भनेको केन्दीय कमिटीको महाधिवेशनभन्दा पनि महत्वपूर्ण छ भन्ने मैले ठानेको छु ।’ उपाध्यक्ष शाक्यले भनिन्, ‘किन भन्दाखेरी यो हाम्रो आधार हो, हाम्रो धरातल हो । वडा अधिवेशन भनेको हाम्रो टेक्ने धरातल हो । हाम्रो पाइला कस्तो ठाउँमा राख्ने ? कहाँ राख्दाखेरी बलियो हुन्छ ? भन्ने कुराहरु सोच्ने बेला आएको छ । त्यसैले पालिका र वडा अधिवेशन यो सामान्य हो, केही पनि होइन र हतार हतारमा गरिहालौं, जोसुकै नेतृत्वमा आएपनि हुन्छ भन्ने पक्षमा म चाँहि छैन ।’

उपाध्यक्ष शाक्यले पार्टीलाई गुटमुक्त बनाउनु पर्ने आवश्यक्ता औंल्याइन् । समाजवादको लक्ष्य प्राप्त गर्न र सिंगो नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न पनि एमाले गुटमुक्त हुनुपर्ने उनको तर्क थियो। उपाध्यक्ष शाक्यले बागमती प्रदेशलाई नमूना प्रदेशको रुपमा विकास गर्नुपर्नेमा पनि जोड दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?