+
+

मेरा पिक आरोहणमा बेपत्ता भएकामध्ये ३ जना गम्भीर अवस्थामा फेला

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते १५:०९
फाइल तस्वीर

३ कात्तिक, काठमाडौं । मेरा पिक (६४७६ मि.) आरोहणका क्रममा बेपत्ता भएका ४ मध्ये ३ जना आरोही गम्भीर अवस्थामा फेला परेको नेपाल पर्वतारोहण संघले जनाएको छ । बुधबार दिउँसो करीब साढे २ बजे रेस्क्यू टोलीले उनीहरुलाई फेला पारेको संघका अध्यक्ष सन्तबीर लामाले जानकारी दिए । एक विदेशी र तीन नेपालीसहित चार जना आरोही मंगलबारदेखि बेपत्ता थिए ।

‘मंगलबार दिउँसोसम्म आरोहीहरु सम्पर्कमै थिए,’ उनले अनलाइनखबरसँग भने, ‘त्यसपछि हराएका उनीहरुमध्ये तीन जना भखरै भेटिएको खबर आएको छ ।’ भेटिएका तीन जना गम्भीर अवस्थामा रहेको र आधार शिविरतर्फ झार्ने काम भइरहेको उनले जानकारी दिए । थप एक जनाको खोजी समेत भइरहेको उनले बताए ।

आरोहीहरु हराएसँगै उद्धारमा हेलिकप्टर पठाउने प्रयास भने अझै सफल हुन नसकेको अध्यक्ष लामाको भनाइ छ । तीन जना नेपाली र एक जना बेलायती आरोही रहेपनि उनीहरुको पहिचान भने खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment