
३ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दावी गरेका छन् । एमालेको बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले आफूहरुले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने दावी गरेका हुन् ।
‘अहिले पनि यो सरकार ढाल्दिऊ भन्ने हो भने धेरै त नभनौं, एक हप्ता भित्र यो सरकार जान्छ । एमालेले ढाल्दिऊ भन्ने हो भने । यस्तै यस्तै साँठगाँठ गर्ने हो भने त हामी सात दिनभित्र ढाल्दिन्छौं । लोभीपापीहरु छन्, दिए भइगो नि । ढलिहाल्छ नि, त्यो कुन ठूलो कुरा हो र । दिए सिद्धिने कुरा छ त्यहाँ । अरुले भन्दा हामी दिन सक्छौ नि’ ओलीले भने ।
तर आफूहरुको उद्देश्य सरकार बनाउने मात्र नभएको भन्दै ओलीले देश बनाउन सक्ने निश्चित भएपछि मात्र सरकारमा जाने दावी गरे । ‘हामी सरकार बनाउने कुरा गरिराखेका छौं भन्दा देश बनाउनका लागि । देश बन्ने निश्चित गरेर मात्रै हामी सरकार बनाउछौं’ उनले भने ।
प्रतिक्रिया 4