+
+

६०.५६ अंकले बढ्यो शेयर बजार, कारोबार भने अझै सुस्त

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३ गते १५:२७

३ कात्तिक, काठमाडौं । बैंकहरुको ब्याजदरमा राष्ट्र बैंकले गरेको हस्तक्षेपको सकारात्मक प्रभाव शेयर बजारमा परेको छ । मंगलबार नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ब्याजदर बढाउन कडाइ गरेको थियो । उक्त निर्देशनको प्रभावका कारण बुधबार शेयर बजार नेप्सेमा उत्साह देखिएको छ । लगातार घटेको बजारमा बुधबार ६०.५६ अंकले वृद्धि देखिएको हो । बुधबार बजार २५७१.६६ विन्दुमा पुगेर रोकिएको छ । यो वृद्धिदर २.४१ प्रतिशत हो । बुधबार कुल २१७ कम्पनीको कारोबार भयो । ३४ हजार ६४४ वटा कारोबारबाट ६१ लाख १ हजार ४१४ कित्ता शेयर किनबेच भएको छ । बुधबार कारोबार रकम भने मात्र २ अर्ब ६७ करोड ९० लाख २८ हजार १ सय ५५ रुपैयाँमा सिमित भयो ।

बजार निरन्तर ओरालो लाग्ने क्रममा रहेका कारण लगानीकर्ता अहिले पनि पर्ख र हेरकै अवस्थामा रहेको देखिन्छ । बुधबार सबै परिसूचक हरियो रहे । बुधबार वित्त, जलविद्युत, विकास बैंक, अन्य, व्यापारसहितका उपसमूहको लगानीकर्ताले बढी कमाए । आँखुखोला जलविद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी र मैलुङखेला जल विद्युत कम्पनीको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले वृद्धि भयो । एनआईबीएल प्रगति फण्ड, मिथिला लघुवित्त वित्तीय संस्था, एनआईसी एसिया लघुवित्त, साधना लघुवित्तको शेयर मूल्य भने सबैभन्दा धेरैले घट्यो । बुधबार सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा भने नविल बैंक रह्यो । यो बैंकको ९ करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?