+
+

डोटीमा बाढी पहिरोमा परी १४ को मृत्यु

रामहरि ओझा रामहरि ओझा
२०७८ कात्तिक ३ गते १५:५३

३ कात्तिक, डोटी । असोज ३१ गते रातिदेखि लगातार परेको अविरल बर्षासंगै बाढी पहिरोका कारण डोटी जिल्लामा १४ जनाले ज्यान गुमाएका छन् ।

जिल्लाको सायल गाउँपालिकामा ६ जना, जोरायल गाउँपालिकामा ६ जना, बोगटान फुडसिल गाउँपालिका र शिखर नगरपालिकामा एक÷एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार सायल गाउँपालिका–६ कासोमबार राति घरमा सुतिरहेको अवस्थामा पहिरोमा परी १४ बर्षीय सागर कुन्जेडा, ११ बर्षीय आशिष कुन्जेडाको मृत्यु भएको छ । यस्तै सोही गाउँपालिका–१ का ७४ बर्षीष वीरे रोकायाको खोलाले बगाउँदा मृत्यु भएको छ ।

सायल गाउँपालिका–५ का ५८ बर्षीय लहरे लुहार, ५८ बर्षीय हिरुवा लुहार र ७५ बर्षीय देव डुम्रेलको पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक रवीन्द्र चन्दले जानकारी दिएका छन् ।

जोरायल गाउँपालिका–३ का ७३ बर्षीय जोगी सार्की, ६१ बर्षीया झुपरी सार्की, सोही गाउँपालिका–४ का शेरवहादुर बिक, मोहन बिक, पवित्रा बिक र सोही गाउँपालिका–१ का सचिन बिकको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ ।

शिखर नगरपालिका–११ की ३५ बर्षीया मन्धरा बलायरको पहिरोको ढुङ्गा टाउकोमा लागी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

यस्तै बोगटान फुड्सिल गाउँपालिका–५ का चन्द्रा नेपालीको मृत्यु भएको छ । प्रहरी टोली घटनास्थलमा पुगिनसकेका कारण मृतकको सनाखत हुन सकेको छैन ।

बाढी पहिरोका कारण सायल गाउँपालिका–५ का रमेश लुहार, भीम लुहार, करी डुम्रेल, सोही गाउँपालिका–६ का दिलवहादुर कुन्जेडा, बासुदेवी कुन्जेडा र बिन्दा कुन्जेडा घाइते भएका छन् । घाइतेमध्ये रमेश बिकलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले जानकारी दिए । यस्तै जोरायल गाउँपालिका–३ का पुस्कर बिक र केआई सिंह गाउँपालिका–४ यसोधा भट्ट पनि घाइते भएका छन् ।

४ सय ५० जना बिस्थापित

जिल्लाभर घरबस्ती जोखिममा परेका कारण चार सय ५० विस्थापित भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । दिपायल सिलगढी नगपालिका–७ कोईरेलीका तीन सय जना र केआईसिंह गाउँपालिका–४ मा एक सय ५० जना गरी चार सय ५० जना विस्थापित भएका छन् ।

विस्थापित भएकाहरुलाई सुरक्षित स्थान तिर सारिएको छ । प्रहरी निरीक्षक चन्दले भने ‘अहिले सबै ठाउँको बिवरण आइसकेको छैन, धेरै क्षति भएको छ ।’ बर्षातका कारण सोमवारदेखि अवरुद्ध भएको विद्युत अझै नियमित हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?