
जसै दशैं–तिहार आउँछ, कामधन्दाले शहर पसेकाहरु मूलथलो फर्कन्छन् । चाहे टाढाको शहर होस् वा समुन्द्र पारको मुलुक जहाँ पुगेपनि चाडपर्वले नेपालीलाई आफ्नो पूख्र्यौली घर सम्झाउँछ । अनि उमंगका साथ आफ्नै गाउँ–घर फर्कन्छन् । दुःख साट्न होस् वा सुख बाढ्न, नेपालीहरु मूलथलो पुग्छन् नै ।
यस्तै भाव र सन्दर्भ समेटिएको गीत सार्वजनिक भएको छ । दशैं–तिहारको मेसो पारेर सार्वजनिक भएको गीतले भन्छ, ‘म हिँडे घर ।’
डेनमार्कमा बसोबास गरिरहेका गायक सूदिप श्रेष्ठ ‘साम’ले उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । काम विशेषले देश–परदेश पुगेका नेपालीहरु चाडपर्वमा आफ्नो मूलघर फर्कन चाहन्छन् । तर, परिस्थिती वा बाध्यताले सबैले त्यस्तो अनुकुलता पाउँदैनन् । यस्तै कथाव्यथालाई उनेर गीत तयार पारिएको उनले बताए ।
गीत सुदिपले गाएका हुन् र संगीत पनि उनकै हो । यो गीत पप प्यार्टन शैलीमा गाइएको छ । गीत रचना सुदिप र मन्दिरा जोशीले गरेका हुन् । यसको म्युजिक भिडियोमा सुवास महर्जन र जेस् भट्टराईको भूमिका छ । रेलोनले संगीत संयोजन गरेको गीतको भिडियो सुशिल घिमिरे र रतिस तुलाधारले छायांकन गरेका हुन् ।
प्रतिक्रिया 4