+
+

एमालेको स्थायी कमिटी बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ४ गते ९:५५

४ कात्तिक, काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक बस्दै छ । बैठक आज दिउँसो तीन बजे ललितपुरको च्यासलमा अवस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने छ ।

बैठकमा पार्टीको महाधिवेशन अगाडि गर्न लागिएको पालिका अधिवेशनबारे छलफल हुने एमालेले जनाएको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले आजको बैठकमा विधान महाधिवेशनको समीक्षा र अविरल वर्षाका कारण भएको जनधनको क्षतिबारे पनि छलफल हुने जानकारी दिए ।

एमालेले आगामी ६ गतेदेखि वडा अधिवेशन र कात्तिक ९ गतेदेखि पालिका अधिवेशन गर्ने तालिका बनाएको छ ।

एमालेले असोज १५ गतेदेखि १७ गतेसम्म ललितपुरको गोदावरीमा विधान महाधिवेशन गरेको थियो । विधान महाधिवेशन समापन समारोहमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आगामी राष्ट्रिय महाधिवेशन लुम्बिनी प्रदेशको बुटवलमा गर्ने घोषणा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?