+
+

कोरोना महामारी अझै एक वर्ष लम्बिन्छ : डब्लुएचओ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ४ गते १४:५१

४ कात्तिक, काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना महामारी २०२२ सम्म जारी रहने बताएको छ ।

विपन्न मुलुकले आवश्यकताअनुसार खोप प्राप्त नगरेका कारण कोभिड महामारी अझै एक वर्ष लम्बिने डब्लुएचओले बताएको हो ।

डब्लुएचओस्थित वरिष्ठ अधिकारी डा.ब्रुस एल्वर्डले यही कारण महामारी २०२२ सम्म जारी रहने बताए ।

खोपका लागि गरेको अर्डर फिर्ता लिन समेत डा. एल्वर्डको धनी मुलुकलाई आग्रह गरेका छन् । धनी मुलुकले खोपका लागि गरेको अर्डर फिर्ता लिने हो भने औषधि उत्पादन कम्पनीले गरिब मुलुकलाई प्राथमिकतामा राख्न सक्ने उनको भनाइ थियो ।

अफ्रिकामा ५ प्रतिशतभन्दा कम मानिसले कोरोना खोप लगाएका छन् जबकि अन्य महादेशमा खोप लगाउनेको संख्या ४० प्रतिशत पुगेको छ ।

त्यस्तै ठूला औद्योगिक राष्ट्रले जी-७ सहितका बैठकमा खोप सहयोगका लागि गरेका प्रतिबद्धतालाई समीक्षा गर्नुपर्ने पनि डा. एल्वर्डले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?