+
+
Shares

वीर्य दान गरेर चर्चामा आएका नगेल भन्छन्- धेरैको बाबु हुन पाउँदा खुशी लाग्छ 

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ४ गते १८:२९

कोभिड महामारीका बेला मानिसहरुले आ-आफ्नै तरिकाले घरै बसेर समय बिताए । कतिपय खाना पकाउने आफ्नो सीप थप परिष्कृत गर्नतिर लागे भने कतिपयले नेटफ्लिक्सबाट मनोरञ्जन लिए ।

तर ४४ वर्षीय एरी नगेल भने पछिल्ला २० महिनाभर आफूले गर्न सक्ने सबैभन्दा उत्तम काममै व्यस्त भए ।

निरन्तर र नि:शुल्क वीर्य दान गरेर चर्चामा आएका नगेल न्युयोर्कमा बस्छन् । उनले दिएको वीर्यबाट हालसम्म दर्जनौं महिला आमा बनिसकेका छन् । खुशीसाथ हासेर वीर्य दान गर्दै आएका उनका कारण सय सन्तान जन्मिइसकेका छन् । यसर्थ, उनी सय सन्तानका बाबु पनि हुन् ।

पेशाले नगेल गणितका प्राध्यापक हुन् । बारम्बार वीर्य दान गरेका कारण न्युयोर्क पोष्टले उनलाई ‘स्पमिनेटर’को उपमा दिएको थियो । उनले अहिलेसम्म कुनै पनि महिलाबाट शुल्क लिएका छैनन् ।

‘यति धेरै बालबालिकाको बाबु बन्न पाउँदा मलाई निकै खुशी लाग्छ’, केही समयअघि नगेलले भनेका थिए’, ‘उनीहरुमध्ये कतिलाई दैनिक देख्छु भने कतिपयलाई अहिलेसम्म भेटेको छैन ।’

बुधबार एस्क्वायरमा प्रकाशित प्रोफाइलमा नागेलले आफ्नो वीर्यबाट गत वर्ष २१ जना सन्तान जन्मिएको बताए । त्यस्तै यो वर्ष थप ३० जना सन्तान जन्मदैछन् । उनका आफ्नै सन्तान पनि छन् ।

नगेलले टार्गेट रेस्टरुम, अमेरिकन म्युजियम अफ नेचलर हिस्ट्री र कैयौं होटेलमा वीर्य दान गरेका छन् । वीर्य दान गर्नकै लागि उनी अफ्रिकादेखि जर्जियासम्म पुगिसकेका छन् । उनले वीर्य दान गर्ने कार्यलाई महामारीमा समेत निरन्तरता दिइरहेका छन् ।

विश्वभर वीर्य दान गर्ने मानिसको अभाव भइरहेको छ । तर नगेलले भने वीर्य दान गर्ने कार्यलाई थप तीव्रता दिइरहेका छन् । महिला र त्यसमा पनि विशेषगरी समलिङ्गी विहे गरेका महिलालाई सहयोग गर्ने चाहनाका कारण वीर्य दान गर्न उत्साहित भएको उनी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?