+
+

विद्युत् खेर जान नदिन एक वर्षअघिबाटै काम गर्नुपर्ने थियो : घिसिङ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते १३:२२

५ कात्तिक, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विगत एक वर्षमा विद्युत खेर जाने अवस्थाको आकलन गरेर पनि आवश्यक काम नगर्दा समस्या भएको बताएका छन् । उनले दशैंका कारण देशभित्र अहिले विद्युत खपत पनि घटेको र विहारमा पनि खपत घट्दा धेरै बिजुली निर्यात हुन नसकेको बताए ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको अधिवेशनमा बोल्दै घिसिङले यस्तो अप्ठेरो अवस्थाको अनुमान भएर पनि विगत एक वर्षमा पर्याप्त काम नगर्दा समस्याको अवस्था आएको बताए ।

‘दैनिक ४-५ सय मेगावाट बिजुली अहिले ‘स्पिल’ (खेर) भइरहेको छ,’ उनले भने,’हामीले यो अवस्थाको आकलन गरेर एक वर्षअघिबाटै काम गर्नुपर्ने थियो, तर, त्यो नगर्दा अहिले अप्ठेरो अवस्था अएको अनुभव मलाइ भएको छ ।’

खपत रातरात बढाउन नसकिने भएपनि सम्भावित क्षेत्रमा बिजुली दिएर माग बढाउन प्रयत्न भइरहेको घिसिङले बताए । अहिले १६०० मेगावाटसम्म बिजुली माग हुन थालेको भन्दै उनले उद्योगहरुलाई मागअनुसार बिजुली दिन थालिएको बताए ।

‘देशभित्र खपत बढाउने कुरा पहिलो प्राथमिकतामा छ, यसका लागि इन्डक्सन चुल्होको प्रयोग बढाउने, विद्युतीकरण फैल्याउनेसम्मका योजनामा काम गर्नुपर्ने छ,’ उनले भने,’हामी त्यही दिशामा काम गरिररहेका छौं ।’

विद्युतको खपत बढाउन प्रसारणलाइन सदृढीकरणको काम भइरहेपनि विभिन्न किसिमबाट भएको अवरोधले समस्या भएको घिसिङको गुनासो छ । कतै स्थानीयको अवरोध रहेको र कतै अदालतको आदेशका कारण काम रोकिँदा समस्या भएको भन्दै उनले छिट्टै समाधानको लागि प्रयत्न भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?