
५ कात्तिक, काठमाडौं । नेपालबाट हङकङ जाने यात्रुले ४८ घण्टाभित्र दुई पटक पीसीआर परीक्षण गर्नुपर्ने भएको छ ।
२६ अक्टोबरमा नेपालबाट हङकङका लागि निर्धारित उडानमार्फत यात्रा गर्ने सम्पूर्ण यात्रुले २४ घण्टामा दुई पटक पीसीआर परीक्षण गर्नुपर्ने सूचना नेपाल एयरलाइन्सले जारी गरेको छ ।
कम्पनीका अनुसार २४ अक्टोवरका दिन दिउँसो १२ बजेदेखि १२ः४५ बजेसम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आरटी–पीसीआर परीक्षण गर्ने गरी मिति तोकिएको छ ।
उडानको दिन ६ घण्टा अगाडि नै विमानस्थलमा पुग्न र त्यहाँ सेमत अनिवार्य आरटी–पीसीआर गर्नुपर्ने भन्दै सूचनामा उल्लेख गरिएको छ । त्रिभुवन विमानस्थलमा गरेको पीसिआरको अवधि बढीमा ६ घण्टा भित्रको हुनुपर्ने भएको छ ।
हेर्नुहोस् सूचना :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4