+
+

प्राकृतिक विपत्तिको सामना गर्न अन्तर्राष्ट्रिय समुदायको पनि साथ लिनुपर्छ : गृहमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते १४:२८
फाइल तस्वीर

५ कात्तिक, काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले प्राकृतिक विपत्तिको सामना गर्न अन्तर्राष्ट्रिय समुदायलाई पनि सँगै लिएर हिँड्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित प्रकोप जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री खाँणले नेपालमा यसअघि कहिल्यै सामना नगरिएको पृथक खालको प्राकृतिक विपत्ति भोग्नुपरेको उल्लेख गरे । प्राकृतिक विपत्ति तथा जलवायु परिवर्तनका कारण नेपालसँगै छिमेकी मुलुकहरु पनि प्रभावित हुने भन्दै प्राकृतिक विपत्तिको सवाल नेपालको मात्रै नभएको उनको भनाइ छ ।

‘हाम्रो बाजेबज्यै, हाम्रो आमाबुबाहरुले बेहोरेको भन्दा पनि पृथक प्राकृतिक विपद्लाई हामीले सामना गर्नुपर्‍या छ । अब यहाँको लेदो, ढुंगामाटो बगेर गएपछि हाम्रो छिमेकी मित्रराष्ट्रमा पुग्ने भयो । गर्दागर्दै अरु छिमेकी राष्ट्रमा पुग्ने भयो,’ उनले भने, ‘त्यसैले अन्तर्राष्ट्रिय समुदायलाई पनि नेपालको प्राकृतिक प्रकोप, प्राकृतिक जुन चुनौतीहरु छ, यसको संरक्षणका लागि त्यसलाई कसरी हामीले साथै लिएर हिँड्ने ? यो धेरै ठूलो चुनौती हाम्रो काँधमा आएको छ ।’

गृहमन्त्री खाँणले विपद् व्यवस्थापनका लागि सरकारले आफ्नो सम्पूर्ण संयन्त्रहरु परिचालन गरिरहेको पनि बताए । ‘सरकारले पनि आफ्नो सम्पूर्ण संयन्त्रहरुलाई, सम्पूर्ण विभागहरुलाई, सम्पूर्ण पक्षलाई जुटाएर अगाडि बढ्नेछ । हामी सबै नेपालीहरुले पनि जुटेरै विपद्बाट नेपालीहरुको नेपालको भूमिको पनि रक्षा गर्नेछौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?