+
+

टाटाका कार सुरक्षा रेटिङमा माइलस्टोन साबित भएको कम्पनीको दावी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते १५:३१

काठमाडौं । टाटाका कारहरू सुरक्षा रेटिङमा माइलस्टोन साबित भएको कम्पनीले दावी गरेको छ । सुरक्षा मापदण्डका आधारमा टप ८ कारहरूमध्ये टाटा कम्पनीले उत्पादन गरेको ६ कार पर्न सफल भएसँगै सुरक्षा रेटिङमा टाटाका कारहरु माइलस्टोन साविन भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । टाटाका अन्य तीन वटा भेरियन्टले फोर–स्टार पाएको कम्पनीले जनाएको छ ।

फोर-स्टोन पाउनेमा टाटा टियागो, टाटा टिगोर र टाटा टिगोर–इभी छन् । टाटा कम्पनीका कारहरूले फोर–स्टार पाउनु निकै महत्वपूर्ण रहेको कम्पनीको भनाइ छ । टाटाका तीन भेरियन्टले फाइभ–स्टार र तीन भेरियन्टले फोर–स्टार पाएसँगै अग्रपंक्तिका ८ कारमध्ये ६ वटामा टाटाले कब्जा जमाएको कम्पनीले बताएको छ । यी आँकडाले टाटाका कारहरू सुरक्षा परीक्षणमा माइलस्टोन साबित भएको कम्पनीले बताएको छ ।

पछिल्लो समय सुरक्षित यात्रा भन्नेबित्तिकै ग्राहकहरुले टाटाका कारहरूलाई नै सम्झने गरेको कम्पनीको भनाइ छ ।

हालै मात्रै टाटा ‘पञ्च’ ले सुरक्षा परीक्षणमा ग्लोबल एनक्याप फाइभ–स्टार पाएपछि टाटाका उत्पादन सुरक्षित रहेको थप प्रमाणित भएको विज्ञप्तिमा उल्लेख छ । कम्पनीका अनुसार टाटाका गाडी सुरक्षाका दृष्टिले अब्बल रहेको कुरा अनुभवीहरूले बताउँदै आएका थिए । यसअघि नै पनि टाटा नेक्सन र टाटा अल्ट्रोजले ग्लोबल एनक्याप फाइभ–स्टार पाइसकेकै हो । टाटा ‘पञ्च’ ले पनि फाइभ–स्टार पाएपछि ‘सुरक्षाको अर्को नाम टाटा’ बराबर साबित भएको कम्पनीले बताएको छ । पछिल्लो समय सार्वजनिक खबरअनुसार सुरक्षा परीक्षणमा ४ वटा कारले फाइभ–स्टार रेटिङ पाएका छन् । र, सुखद कुरा के छ भने फाइभ–स्टार प्राप्त ती ४ कारमध्ये ३ वटा कार टाटाका उत्पादन रहेको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार सुरक्षाका हिसाबमा टाटा नेक्सन त्यो पहिलो भारतीय गाडी हो, जसले पाँच–तारे ग्लोबल एनक्याप प्राप्त गरेको थियो ।

टाटा मोटर्सले आफ्ना कारहरूलाई आकर्षक सुविधासहित समसामयिक बनाउँदै नयाँ–नयाँ भेरियन्ट ग्राहकलाई पस्किरहने सदावहार सिद्धान्त अनुसार नै टाटा अल्ट्रोजले नेसनल लञ्चको बेलामै फाइभ–स्टार ग्लोबल एनक्याप एडल्ट रेटिङ पाएको कम्पनीले बताएको छ । यही फाइभ–स्टारले नै अल्ट्रोजमा भएको सुरक्षा–सुविधालाई बलियोसँग पुष्टि गरिदिएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार खासमा ‘पञ्च’ लाई टाटाले भारत र नेपालको सबैभन्दा सुपथ मूल्यको एसयुभीको रूपमा स्थापित गर्न सक्ने अर्को महत्वपूर्ण पक्ष हो ।

भारतीय बजारमा सुरक्षाका कोणबाट सबैभन्दा रुचाइएका टाटाका कारहरू पछिल्लो समय नेपाली बजारमा पनि अझै धेरै रुचाइएको कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?