+
+

चार देशका राजदूतले राष्ट्रपति समक्ष बुझाए ओहोदाको प्रमाणपत्र

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ५ गते १५:५७
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिलका आवासीय राजदूत कार्लोस अल्वेर्टो माइकल्सेन डेन हार्टोग आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दै । तस्वीर: रासस

५ कात्तिक, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि ब्राजिल, इटाली, माल्टा र दक्षिणअफ्रिकाका नवनियुक्त राजदूतले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

राष्ट्रपति भवन, शीतल निवासमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि ब्राजिलका आवासीय राजदूत कार्लोस अल्वेर्टो माइकल्सेन डेन हार्टोगसहित इटाली, माल्टा र दक्षिणअफ्रिकाका गैरआवासीय राजदूतहरू क्रमशः भिन्चेञ्जो डि लुक्का, रुबिन गाउची र जोएल सिबुसिसो एन्डेबेलेले आ-आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन् ।

सो अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्का, प्रधानसेनापति प्रभुराम शर्मा, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि दक्षिण अफ्रिकाका गैरआवासीय राजदूत जोएल सिबुसिसो एन्डेबेल आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दै ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि माल्टाका गैरआवासीय राजदूत रुबिन गाउची आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दै ।
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि इटालीका गैरआवासीय राजदूत भिन्चेञ्जो डि लुक्का आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्दै ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?