
५ कात्तिक, हेटौंडा । साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेका राष्ट्रिय फुटबल टिमका खेलाडी अञ्जन बिष्टलाई गृहनगर हेटौंडामा सम्मान गरिएको छ ।
सचेत नागरिक युवा समूह र सामुदायिक सेवा उपकेन्द्र तथा समुदायिक प्रहरी सेवा उपकेन्द्रले शुक्रबार हेटौंडामा एक समारोहको आयोजना गरी अञ्जनलाई सम्मान गरेका हुन् ।
सम्मान ग्रहण गरेपछि अञ्जनले आफ्नो घरआँगनमा यस्तो सम्मान पाउँदा आफूलाई खुशी लागेको बताए । उनले यस्तो सम्मानले खेलाडीको हौसला र आत्मविश्वास अझै बढ्ने धारणा राखे ।
गत साता माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा पहिलो पटक फाइनलमा पुग्दै नेपाल उपविजेता बनेको थियो । प्रतियोगितामा अञ्जनले उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । लगातार दुई खेलमा पहेंलो कार्ड पाएका कारण उनी फाइनलमा खेल्न भने पाएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4