+
+

ओलीको टिप्पणी : भीम रावलले सकिन भनेर राजीनामा दिनुभो

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ६ गते १७:४५

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले काम गर्न सकिन भनेर १० बुँदे सहमति कार्यान्वयन सहजीकरण समितिबाट राजीनामा दिएको बताएका छन् । आइतबार पत्रकारले रावलको राजीनामाबारे सोधेको प्रश्नको जवाफ दिँदै ओलीले त्यो त्यति ठूलो कुरा नभएको बताए ।

‘१० बुँदे कार्यान्वयन सहजीकरण समितिको संयोजक हुनुहुन्थ्यो, सहजीकरण मैले गरेर भएन, सकिन, त्यसकारण मेरो राजीनामा भन्नुभयो । त्यति ठूलो कुरा होइन, लिखित पनि होइन, स्वीकार्य पनि होइन, अस्वीकार्य पनि होइन’ उनले भने ।

शुक्रबार रावलले भने अध्यक्ष ओली १० बुँदे कार्यान्वयनमा गम्भीर नभएकाले सहजीकरण समितिबाट राजीनामा दिएको बताएका थिए । माधव नेपालले पार्टी विभाजन गर्दा उनीसँग नभएका एमाले नेताहरु १० बुँदे सहमति गरेर एमालेमै बसेका थिए ।

तर गत बुधबार एक कार्यक्रममा ओलीले अब १० बुँदेको एकतारे पनि धेरै बजाउनुको अर्थ नभएको भनी टिप्पणी गरेका थिए । ओलीको उक्त टिप्पणीप्रति नेताहरुले बिहीबार र शुक्रबार भएको स्थायी कमिटी बैठकमा आवाज उठाएका थिए ।

शनिबार पत्रकारको प्रश्नमा ओलीले १० बुँदे कार्यान्वयन गर्न केही ठाउँमा बाँकी रहेको भन्दै त्यो छिट्टै हुने प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?