+
+

मखमली मौसम (फोटो फिचर)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७८ कात्तिक ७ गते ११:०५

७ कात्तिक, काठमाडौं । तिहार नजिकिएसँगै भक्तपुरको सूर्यविनायक नगरपालिका-७ गुण्डुका फूल किसानहरुको चटारो सुरु भएको छ । तिहार आउन दुई हप्ताभन्दा पनि कम समय बाँकी रहँदा मखमली फूल टिप्ने र माला गास्ने काममा उनीहरु व्यस्त देखिन्छन् ।

गुण्डु क्षेत्रका खेतबारी, करेसाबारीमा मखमली फूल ढकमक्क फूलेका छन् । त्यहाँको वातावरण नै रंगीन देखिन्छ । बिहानपख फूल टिप्ने र दिउँसो-साँझ माला गास्ने काममा स्थानीय व्यस्त छन् । मखमली फूल नओइलाउने भएकाले गुण्डुका फूल किसान एकअर्कालाई सघाउँदै माला गास्ने काम गर्दछन् ।

मखमली फूल तिहारमा अत्यधिक खपत हुने गर्दछ । व्यापारीहरुले माला र फूल किसानको घरमै आएर किन्ने हुँदा बजारको पनि समस्या नरहेको स्थानीय फूल किसान पुकार नगरकोटी बताउँछन् । ‘फूल र माला किन्न यहाँ आउने व्यापारीहरुको चहलपहल बढिसक्यो,’ नगरकोटीले अनलाइनखबरसँग भने, ‘फूल खेती गर्ने हरेक किसानहरुले राम्रो आयआर्जन गर्दै आउनु भएको छ ।’

उनले आफूले मात्रै दुई रोपनी जग्गामा फूल खेती गरेका छन् । ‘धान वा अरु खेतीभन्दा फूलबाटै राम्रो कमाइ भइरहेको छ । घर खर्च चलाउन पुगिरहेकै छ,’ उनले भने ।

फूल खेती गर्ने हरेक किसानले राम्रो आयआर्जन गर्दै आएको स्थानीय बताउँछन् । पोहोर परार कोरोना संक्रमणको महामारीका कारण अपेक्षाकृत व्यापार गर्न नपाएका उनीहरुलाई यस वर्ष भने संक्रमण कम भएकाले व्यापार बढ्ने विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?