+
+

स्वास्थ्य सेवा विभागमा दीपेन्द्र : उमेशले हटाए, विरोधले फर्काए

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १२:११

७ कात्तिक, काठमाडौं । पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गरेको विवादित निर्णय सच्याउँदै स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. दीपेन्द्र रमण सिंहलाई नियुक्त गरेका छन् ।

११ औं तहका चिकित्सक डा. आरपी बिच्छालाई कानून विपरीत निर्णय गर्दै विभागको निमित्त महानिर्देशक बनाइएपछि पूर्व राज्यमन्त्री श्रेष्ठ विवादमा तानिएका थिए ।  प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणाको सदिच्छा पूरा गरेको भन्दै श्रेष्ठसँग स्वास्थ्य मन्त्रालयका कर्मचारी असन्तुष्ट बनेका थिए ।

१२ औं तहका डा. सिंह बिच्छालाई निमित्त महानिर्देशक बनाउनुअघि विभागको महानिर्देशक नै थिए । उनलाई मन्त्रालय तानेर अवकाश पाउन तीन महिना बाँकी रहेका बिच्छालाई विभागको जिम्मेवारी दिइएको थियो ।

६० वर्षे उमेर हदका कारण आइतबारबाट अवकाश हुने अवस्थामा पुगेका डा. बिच्छालाई तीन साताअघि मन्त्रिपरिषदले विषय विज्ञको रुपमा दुई वर्ष पदावधि थप्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयका सहसचिव इन्द्रमणि पोखरेलका अनुसार बिच्छाको विषयमा कुनै निर्णय भएको छैन ।

डा. सिंहले आइतबारै पदभार ग्रहण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?