+
+
Shares

स्वास्थ्य सेवा विभागका महानिर्देशक ढकाल अनिवार्य अवकाशमा

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ५ गते १९:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशर ढकालले ६० वर्षे उमेर हदका कारण सरकारी सेवाबाट अनिवार्य अवकाश पाएका छन् ।
  • २०५५ सालमा मेडिकल अफिसरका रूपमा सरकारी सेवामा प्रवेश गरेका उनले करिब २८ वर्ष स्वास्थ्य क्षेत्रमा सेवा गरेका छन् ।
  • हाल विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. अनुज भट्टचनले सम्हाल्दै आएका छन् ।

५ असार, काठमाडौं । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. केशर ढकालले उमेर हदका कारण सरकारी सेवाबाट अनिवार्य अवकाश पाएका छन् । ६० वर्षे उमेर पूरा भएसँगै शुक्रबार उनको अनिवार्य अवकाश भएको हो ।

२०५५ सालमा मेडिकल अफिसरका रूपमा सरकारी सेवामा प्रवेश गरेका डा. ढकालले करिब २८ वर्ष स्वास्थ्य क्षेत्रमा सेवा दिएका छन् ।

उनले आफ्नो सेवाकालको अधिकांश समय कर्णाली प्रदेशको सुर्खेतमा बिताएका थिए । जिल्ला अस्पतालबाट सेवा सुरु गरेका उनले तत्कालीन क्षेत्रीय अस्पताल तथा प्रादेशिक अस्पतालको निर्देशकको जिम्मेवारी समेत सम्हालेका थिए ।

गत वर्ष स्वास्थ्य सेवाको १२औँ तह (अतिरिक्त सचिव) मा बढुवा भएपछि उनी स्वास्थ्य मन्त्रालयमा सरुवा भएका थिए। त्यसपछि उनलाई स्वास्थ्य सेवा विभागको महानिर्देशकको जिम्मेवारी प्रदान गरिएको थियो।

महानिर्देशकको जिम्मेवारी सम्हालिरहेका बेला गत महिना स्वास्थ्य समस्याका कारण उनी बिदामा बसेका थिए । त्यसपछि स्वास्थ्य मन्त्रालयले विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. अनुज भट्टचनलाई दिएको थियो।

सरकारी सेवामा रहँदा स्वास्थ्य सेवा प्रणाली सुदृढीकरण, अस्पताल व्यवस्थापन तथा स्वास्थ्य सेवाको पहुँच विस्तारमा योगदान पुर्‍याएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनलाई २०८० को स्वास्थ्य सेवा दिवसका अवसरमा ‘स्वास्थ्य सेवा पुरस्कार’ प्रदान गरी सम्मानित गरेको थियो।

उमेर हदका कारण शुक्रबारदेखि उनले करिब तीन दशक लामो सरकारी सेवा यात्रालाई औपचारिक रूपमा विश्राम दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?