News Summary
Generated by OK AI. Editorially reviewed.- स्वास्थ्य सेवा विभागले वैदेशिक सहायताबाट प्राप्त २७ करोड रकमको हिसाब वार्षिक बजेटमा समावेश गरेको छैन।
- महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार विभागले परामर्श सेवा र तालिम कार्यक्रमको बजेटमा वैदेशिक सहायता समावेश गरेको छैन।
- विभागले विश्व स्वास्थ्य संगठन, युनिसेफ, यूएनएफपीए र युरोपियन युनियनबाट कुल २७ करोड २७ लाख १८ हजार वैदेशिक सहायता प्राप्त गरेको थियो।
५ वैशाख, काठमाडौं । स्वास्थ्य सेवा विभागले वैदेशिक सहायताबाट प्राप्त भएको २७ करोड रकमको हिसाब देखाएको छैन ।
महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन अनुसार विभागले वैदेशिक सहायता प्राप्त गरी परामर्श सेवा र तालिम कार्यक्रममा खर्च गरेको बजेट कार्यक्रम समावेश गरेको छैन ।
यस वर्ष विभागले विश्व स्वास्थ्य संगठनबाट सोझै अनुदान १२ करोड ८ लाख, युनिसेफको १२ करोड ८२ लाख, यूएनएफपीए ३ लाख र युरोपियन युनियनको २ करोड ३६ हजार वैदेशिक सहायता प्राप्त गरेको थियो ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम १७ मा बजेट तथा कार्यक्रमसँग सम्बन्धित सम्झौताबमोजिम प्राप्त हुने नगद तथा वस्तुगत सहायतालाई वार्षिक बजेट तथा कार्यक्रममा समावेश गनुपर्ने उल्लेख छ ।
प्रतिक्रिया 4