+
+

चन्द्रागिरि नगरपालिकामा १ अर्ब लगानीमा प्रसूति अस्पताल बन्‍ने

रासस रासस
२०७८ कात्तिक ७ गते १६:३४
फाइल तस्वीर

७ कात्तिक, काठमाडौं । चन्द्रागिरि नगरपालिकामा रु. एक अर्बको लगानीमा प्रसूति अस्पताल निर्माण हुने भएको छ ।

जर्मन विकास बैंकको रु एक अर्ब बराबरको लगानीमा चन्द्रागिरि नगरपालिका–४ थानकोट गोदाममा उक्त अस्पताल निर्माण हुने भएको हो ।

अस्पताल निर्माणका लागि नगरपालिकाका प्रमुख घनश्याम गिरी र जर्मन विकास बैंकका प्रतिनिधिबीच सम्झौतासमेत भइसकेको छ ।

उक्त अस्पताल परोपकार प्रसूति गृह थापाथलीको मातहतमा सञ्चालन हुनेछ । सम्झौतापत्रमा बढीमा चार वर्षमा अस्पताल निर्माण सम्पन्न गरी सेवा सुरु गरिने उल्लेख छ ।

नगरपालिकाका प्रमुख गिरीले अस्पताल निर्माणसँगै उपत्यकामा प्रसूति सेवा लिन आउने बिरामीलाई सहज हुने बताए ।

अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयको समन्वयमा उक्त योजना सम्पन्न हुने नगरप्रमुख गिरीले जानकारी दिए ।

 

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?