+
+

सामाजिक विभेद रुचाउनेले माओवादीको विरोध गरे : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते १७:२९

७ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक विभेदलाई रुचाउने, उत्पीडन र अत्याचारलाई पुनर्स्थापित गर्न चाहानेहरुले माओवादीको विरोध गरेका टिप्पणी गरेका छन् ।

आइतबार पदमलाल विश्वकर्मा साहित्य प्रतिष्ठान र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले पूर्वअर्थसचिव रामेश्वर खनालप्रति लक्षित गर्दै सामाजिक विभेदलाई रुचाउने तथा सामन्ती उत्पीडन र अत्याचारलाई पुर्नस्थापित गर्न चाहनेहरुले माओवादीको विरोध गरेको बताएका हुन् ।

‘कतिपय ठूल्ठूला महान विद्वान कर्मचारीतन्त्रका ठूला भन्नेहरु चाहिँ माओवादी नसकिदाँसम्म यो देशले सुख पाउँदैन भनेको सुन्नुभएको छ नि हिजो अस्ति मात्रै । को हुन् ती मान्छेहरु ? सामाजिक विभेदलाई रुचाउने, सामन्ती उत्पीडन र अत्याचारलाई फेरि पुनर्स्थापित गर्न चाहने, महिलालाई विशेषाधिकार दिने या महिलाको प्रतिनिधित्व, दलितको प्रतिनिधित्व राज्यका विभिन्न क्षेत्रमा हुनुपर्छ भन्नेहरुलाई सिध्याएपछि हुन्छ के ?’ उनले भने ।

पूर्वअर्थसचिव खनालले केही दिन अघि ‘यो माओवादी पार्टी कति वर्षमा सकिएला ? कसैको अनुमान ? नाटक अलि लामै भयो त ।’ भनी ट्वीट गरेका थिए । अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनमा जातीय विभेद हटाउन अन्तर्जातीय विवाह गर्ने क्रम शुरु भएको भएपनि अझै जातीय विभेद कायम रहेकोमा दुःख व्यक्त गरे ।

उनले रोल्पा, रुकुममा अन्तर्जातीय प्रेम गरेका कारण दलित युवा मारिनु आफ्नो लागि पीडाको विषय भएको उल्लेख गरे ।

उनले भने, ‘अन्तर्जातीय विवाहहरु भए त्यहीँ अहिले दलित केटासँग प्रेम गरेको विषयलाई लिएर दलित युवा र अन्य युवाहरु मारिए त्यही ठाउँमा । मेरो लागि यो निकै ठुलो पीडाको विषय भएको छ । प्रतिक्रान्ति भनेको त यसरी पो हेर्दाहेर्दै हुँदोरहेछ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?