+
+

इएल क्लासिकोमा रियल मड्रिड विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ७ गते २२:०४

७ असोज, काठमाडौं । सर्जिओ रामोस र लिओनल मेस्सी विना भएको इएल क्लासिकोमा रियल मड्रिड विजयी भएको छ । स्पेनिस ला लिगामा आइतबार भएको खेलमा रियल मड्रिडले चिरप्रतिद्वन्द्वी बार्सिलोनालाई २-१ गोल अन्तरले हराएको हो ।

नाउ क्याम्पमा भएको खेलमा रियलले ३२औं मिनेटमा अलाबाको गोलबाट अग्रता लिएको थियो भने इन्जुरी टाइममा लुकासले गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

खेलको ७४औं मिनेटमा मैदान प्रवेश गरेका सर्जिओ एग्युरोले पहिलो इइल क्लासिकोमै गोल गरे । उनले इन्जुरी टाइमको अन्तिम मिनेटमा गोल गरेका हुन् । तर बार्सिलोनाको हार भने टार्न सकेनन् ।

यो खेल सन् २००४ पछि पहिलो पटक रामोस र मेस्सी विना भएको थियो । दुबै खेलाडी यो सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा आवद्ध भएका थिए ।

जितसँगै रियल मड्रिड ९ खेलबाट २० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने १५ अंक जोडेको बार्सिलोना आठौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?