+
+

ओल्ड ट्राफोर्डमा लिभरपुलको शानदार जित, मोहम्मद सालाहको ह्याट्रिक

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते ६:४२

काठमाडौं । मोहम्मद सालाहको ह्याट्रिकमा लिभरपुलले प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडमाथि उसैको मैदानमा सानदार जित हात पारेको छ ।

आइतबार राति ओल्ड ट्राफोर्डमा भएको खेलमा लिभरपुलले १० खेलाडीमा समेटिएको युनाइटेडलाई ५-० ले हरायो ।

लिभरपुलको जितमा सालाहले ह्याट्रिक गर्दा नेबी केइटा र डिएगो जोटाले एक एक गोल गरे ।

सालाहले खेलको ३८औं, पहिलो हाफको इन्जुरी टाइम र ५०औं मिनेटमा गोल गरे । त्यसअघि खेलको पाँचौं मिनेटमै केइटाले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए भने

१३औं मिनेटमा जोटाले गोल गर्दा लिभरपुलको अग्रता दोब्बर पारेका थिए ।

५८औं मिनेटमा युनाइटेडका क्रिस्टियानो रोनाल्डोले गोल गरे पनि भिएआरले मान्यता दिएन ।

खेलको ६०औं मिनेटमा पाउल पोग्बाले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा समेटिएको थियो ।

जितपछि ९ खेलबाट २१ अंक जोड्दै लिभरपुल दोस्रो स्थानमा उक्लेको छ । युनाइटेड समान खेलबाट १४ अंकसहित सातौ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?