+
+

सुडानका प्रधानमन्त्री सेनाको नजरबन्दमा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते ९:५५

८ कात्तिक, काठमाडौं । सुडानका प्रधानमन्त्री अब्दुल्लाह हामदोकलाई सेनाले नियन्त्रणमा लिएको छ ।

अलजजिरा अनलाइनले अल हदाथ टिभीलाई उद्धृत गर्दै लेखेअनुसार प्रधानमन्त्री अब्दुल्लाहलाई उनकै घरभित्र नजरबन्दमा राखिएको छ । यद्यपि यो कुराको स्वतन्त्र रुपमा पुष्टि हुन नसकेको अलजजिराले जनाएको छ ।

सुडानको राजधानी खार्तुमबाट अलजजिराको रिपोर्टरले जनाएअनुसार दुरसञ्चारका साधन बन्द गरिएकाले सूचना पाउन अप्ठ्यारो भएको छ ।

यद्यपि उद्योगमन्त्री सेनाको नियन्त्रणमा रहेको कुरा भने पुष्टि भएको छ । उनी आफैंले सामाजिक सन्जालमा आफ्नो निवासलाई सेनाले घेरा हालेको उल्लेख गरेका छन् ।

सन्चारमन्त्री पनि सेनाको नियन्त्रणमा रहेको पुष्टि भएको छ ।

सुडानमा राजनीतिक संकट गहिरिएपछि यसअघि सयौं सर्वसाधारणले प्रदर्शन गर्दै सत्ता हातमा लिन सेनालाई आह्वान गरेका थिए ।

गत सेप्टेम्बरमा पूर्व राष्ट्रपति ओमर अल बसिरका समर्थकहरुले सत्तापलटको असफल प्रयास गरेपछि तनाब चर्किएको छ । सन् २०१९ मा सुडानमा चार महिनाको प्रदर्शनपछि सेनाले तानाशाही शासक बसिरलाई सत्ताबाट हटाएको थियो । अहिले आम नागरिक र सैन्य प्रतिनिधिसहितको संक्रमणकालीन सरकारले सुडानको सत्ता सम्हालिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?