+
+

महाधिवेशनबारे छलफल गर्न कांग्रेसको निर्वाचन समितिको बैठक

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १५:३९

८ कात्तिक, काठमाडौं । महाधिवेशनको नयाँ कार्यतालिकाबारे छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समिति बैठक सुरू भएको छ ।

सोमबार दिउँसो पार्टी कार्यालय सानेपामा बैठक बस्ने निर्वाचन समिति संयोजक महादेव यादवले जानकारी दिए । उनले भने, ‘आज हामी बैठक बस्दैछौं, महाधिवेशनका कार्यक्रमहरु कसरी अगाडि बढाउने भन्नेमा छलफल गर्छौं ।’

कार्यतालिका अनुसार महाधिवेशन प्रक्रिया अगाडि नबढेपछि निर्वाचन समिति छलफलमा जुटेको हो ।

महाधिवेशन कार्यतालिका अनुसार कात्तिक १० देखि १२ सम्म प्रदेश अधिवेशन हुनुपर्नेमा कांग्रेसमा अहिलेसम्म १३ जिल्लामा वडा अधिवेशन नै सुरु भएको छैन । मंसिर ९–१३ का लागि तोकिएको केन्द्रीय महाधिवेशन निर्धारित मितिमा नहुने निश्चित भइसकेको छ ।

हिमाली २१ जिल्लामा दशैं अघि जिल्ला अधिवेशन सम्पन्न गरिसक्ने निर्वाचन समितिको निर्णय थियो तर दशैं अघि १३ जिल्लामा मात्रै जिल्ला अधिवेशन सम्पन्न भएको छ भने प्रदेश दुईका आठ जिल्लामा अझै वडाअधिवेशन भएको छैन । रौतहट र रसुवाको क्रियाशील सदस्यता पनि टुंगिएको छैन ।

निर्वाचन समितिले तिहार अघि वडा अधिवेशन नभएका जिल्लामा अधिवेशन प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ । कांग्रेसले चार पटक केन्द्रीय महाधिवेशनको मिति परिमार्जन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?