+
+

नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा युवराज अधिकारी नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १८:४०

८ कात्तिक, काठमाडौं । नेपाल एयरलाइन्सका अध्यक्ष सुशील घिमिरेले राजीनामा गरेका छन् ।

सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेको राजीनामा स्वीकृत गरेको हो ।

उनका अनुसार मन्त्रिपरिषद बैठकले निगमको कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ । निगमका अध्यक्ष घिमिरेले यसअघि नै राजीनामा दिन खोजेपनि सरकारले रोकेको थियो ।

कार्यकारी अध्यक्षमा नियुक्त अधिकारी नेपाल एयरलाइन्सकै पूर्वकर्मचारी हुन् । उनी उमेर हदका कारण सेवा निवृत्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?