+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
७५ बलमा ४९ रन आवश्यक
विराटनगर किंग्स 2025
99/1 (7.3)
Shares

आधिकारिक परिचयपत्रबिना कसैलाई पनि घर-कोठा भाडामा नदिनू : गृह मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ८ गते १९:०१

८ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले पहिचान खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई घर तथा कोठा भाडामा नदिन सर्वसाधारणलाई आव्हान गरेको छ । सोमबार बिहान काठमाडौंको सिनामंगलस्थित एक होटलबाट ११ जना अफगान नागरिकलाई प्रहरीले पक्राउ गरेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

मन्त्रालयले सूचना जारी गर्दै पछिल्ला केही दिनका घटनाबाट कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास गरेको देखिएकाले आधिकारिक परिचयपत्रविना घर, अपार्टमेन्ट, फ्ल्याट तथा कोठामा भाडामा नदिन र त्यस्ता व्यक्तिलाई काममा नलगाउन पनि आग्रह गरेको छ ।

पहिचान नखुलेका कोही विदेशी नागरिकहरु भेटिएमा नजिकैको प्रहरी कार्यालयमा खबर गर्न पनि सर्वसाधारणलाई मन्त्रालयले आग्रह गरेको छ ।

गृह मन्त्रालयले जारी गरेको सूचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?